सडक भासिँदा धादिङ सदरमुकामका आधा दर्जन घर जोखिममा

हरिहरसिंह राठौर

धादिङ — सदरमुकामको सिरानबजारस्थित मुख्य सडक भासिँदा ६ वटा घर चर्किएका छन् ।  थोपाल खोला बग्ने उक्त स्थानमा विगत ४ वर्ष अगाडि घडेरी बेच्न सडक खनेपछि मूल सडक भास्सिएको हो । 

सडक भासिँदा धादिङ सदरमुकामका आधा दर्जन घर जोखिममा

भास्सिएको मूल सडक मर्मत गर्न सडक विभागले ढिलाइ गर्दा बजार जोखिममा परेको स्थानीयले बताएका छ्न् । शुक्रबार बिहान सडकसँग जोडिएका धनबहादुर गुरुङ लगायतका आधा दर्जन घर चर्किए ।

निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना लगायत सुरक्षा निकायले अनुगमन गरी घर खाली गर्न आग्रह गरेका छन् । भरतपुरस्थित सडक डिभिजन कार्यालयलाई थप विवरण संकलन गर्न खबर गरिएको ढुंगानाले बताए ।

प्रकाशित : असार २७, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?