कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका सोलुखुम्बु सचिव पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले चन्द समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी (सचिव) शिवा खड्कालाई चितवनमा पक्राउ गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी एकनारायण कोइरालाका अनुसार शिवालाई बिहीबार भरतपुर महानगरपालिका–२६ ज्योतिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

चन्द समूहका सोलुखुम्बु सचिव पक्राउ

जिम्मेवारी सोलुखुम्बु नै भएपनि लुकीछिपी चितवन बस्ने गरेको सूचनाको आधारमा खोजतलास गर्दा उनलाई गिरफ्तार गरेको डीएसपी कोइरालाले बताए ।


उनी चन्द समूहमा सुरुदेखि नै आबद्ध रहेको र सो पार्टीको महिला संगठनको केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै एक वर्षदेखि पार्टीको जिल्ला सेत्रेटरी भएर काम गर्दै आएको भन्ने खुल्न आएको कोइरालाले जानकारी दिए ।


प्रकाशित : असार २६, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?