कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेशले खाद्य प्रयोगशाला स्थापना गर्ने

हेटौंडा — प्रदेश ३ सरकारको उद्योग पर्यटन तथा वातवरण मन्त्रालयले खाद्य वस्तु र औषधिको गुणस्तर मापनका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।

प्रदेशले खाद्य प्रयोगशाला स्थापना गर्ने

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी र परीक्षणसम्बन्धी समाचारले मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेशका बासिन्दाको स्वास्थ्यलाई ध्यान दिँदै आगामी आर्थिक वर्षमा खाद्य प्रयोगशाला स्थापना गर्न लागेको बताए ।


‘प्रदेश ३ को ‘इन्ट्री प्वाइन्ट’ हेटौंडामा छिट्टै नै खाद्य प्रयोगशाला स्थापना गर्ने छौं,’ उनले भने । प्रदेश सरकारले खाद्य, औषधिलगायत अन्य अत्यावश्यक उपभोग्य वस्तुहरूको गुणस्तर मापदण्ड तथा अनुगमन नियमनका लागि प्रदेशस्तरीय संयुक्त बजार निर्देशिका २०७५ निर्माण गरिसकेको छ । बाहिरबाट भित्रिने र यसै प्रदेशमा उत्पादन हुने तरकारी, फलफूललगायत खाद्यवस्तुको परीक्षण गर्न खाद्य प्रयोगशाला स्थापना गर्न लागेको जनाएको छ ।


हेटौंडामा रहेको क्षेत्रीय खाद्य प्रयोगशाला र कृषि र वन विज्ञान विश्वद्यालयसग समन्वय गरेर प्रयोगशाला स्थापना गर्न लागेको हो । प्रदेश सरकारले यसका लागि १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गर्न लागेको छ । उक्त मन्त्रालयले जैविक मिश्रित वस्तुको परीक्षण गर्ने पनि जनाएको छ ।

प्रकाशित : असार २६, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?