पहिरोले घर बगायो 

प्रताप विष्ट

हेटौडा — मंगलबादेखि परेको अविरल वर्षाका कारण मकवानपुरगढी गाउँपालिका—२ जीतपुर भन्ज्याङस्थित सूर्यबहादुर गोलेको घर बुधबार बिहान पहिरोले बगाएको छ । उक्त घरमा बस्दै आएका प्रमोद भण्डारीको प्रहरीले उद्धार गरेको छ । 

पहिरोले घर बगाएर भण्डारीलाई सय मिटर तलसम्म पुर्‍याएको थियो। उनलाई पहिरोले पुरेको अवस्थामा प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय हेटौडाका उपरीक्षक मुकेशकुमार सिंहले बताए।
उक्त घरमा कान्तिराजपथ बनाउने भण्डारीसहित तीन जना मजदुर बस्दै आएका थिए। पहिरोले घर बगाउँदा खोज्दाखोज्दै भाग्न सफल भएका थिए।

यसै गरी हेटौडा उपमहानगरपालिका—१ स्थित राप्ती खोलाले बगाएको एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रकाशित : असार २५, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

ओखलढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ डडुवामा बुधबार बिहान बस दुर्घटना हुादा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी छन् । 

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब साढे तीन बजेतिर सडकबाट ५० मिटर तल खसेको हो । बसमा सवार अन्य १७ जना घाइते छन् ।

त्यसमध्ये गम्भीर चारजनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीवकुमार श्रेष्ठले बताए ।

घाइतेहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उदयपुर घुर्मीस्थित आस्था र जनसेवा मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २५, २०७६ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्