कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेडपान्डा हेर्न मचान

रसुवा — पर्यटकलाई दुर्लभ रेडपान्डालगायत वन्यजन्तु अवलोकन गर्न पोलाङपाटीमा मचान निर्माण गरिएको छ । रेडपान्डाको मुख्य बासस्थान क्षेत्र पोलाङपाटीमा गोसाइँकुण्ड गाउँपालिकाले दुईवटा मचान बनाएको हो । गोसाइँकुण्ड–५, ठूलोस्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्क रेडपान्डाको मुख्य बासस्थान क्षेत्र हुन् ।

रेडपान्डा हेर्न मचान

जंगलमा बसेर वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकलाई लक्षित गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा पहिलोपटक मचान बनाइएको गाउँपालिकाले जनाएको छ ।


गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा पोलाङपाटी रेडपान्डा संरक्षण उपभोक्ता समितिले करिब १५ लाखको लागतमा दुईवटा मचान र ५ किलोमिटर पैदल बाटो बनाएको समिति अध्यक्ष नाक्पुदोर्जे तामाङले बताए ।


माङचे हुँदै पोलाङपाटी र फोक्सो, गुप्चे हुँदै चोलाङपाटीसम्म बाटो बनाइएको छ । बाटो बनेपछि पर्यटकलाई

रेडपान्डा अवलोकन गर्न जान सजिलो बनाएको छ । गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले मचानले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


सन् २०१९ लाई गाउँपालिकाले पालिका भ्रमण वर्ष घोषणा गरेको छ । मचानबाट जंगलमा चर्न आएका कस्तुरी मृग, बँदेल, भालु, रेडपान्डा, मृगलगायत वन्यजन्तु र चराचुरुंगी अवलोकन गर्न सकिन्छ । काठबाट बनाइएका मचानमा १५ देखि २० जना पर्यटक बस्न सक्छन् ।

प्रकाशित : असार २४, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?