१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

[अपडेट] दुई घाइतेको हेलिकप्टरबाट उद्धार, दुई बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव आयोजनाको साइड इञ्चार्ज हुन् भने चौधरी इलेक्ट्रिसियन ।

[अपडेट] दुई घाइतेको हेलिकप्टरबाट उद्धार, दुई बेपत्ता

‘दुई जना सख्त घाइतेको हेलिकप्टरबाट उद्धार गरेर राजधानी लगिएको छ, हराएकाको खोजी तीव्र रुपमा भइरहेको छ,’ घटनास्थलमा खटिएका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने । चाकु, दसकिलोदेखि फुल्पिङकट्टीसम्म भएको सम्पूर्ण विवरण खोजीरहेको उनले सुनाए । उद्धार गरिएकामा भोटेकोसी ५ का कामी तामाङ र सोही गाउँपालिका वडा नम्बर ४ का

पेम्बा थोक्याल छन् ।


भोटेकोसीकै मार्मिङगाउँको उर्लिएको हृयाङ्ले खोलाले चाकुमा एउटा घर र साँघु पुल बगाएपछि भागभाग मच्चिएको थियो । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको थियो । तटीय क्षेत्रमा रहेका सीमाक्षेत्र लिपिङ, तातोपानी, कोदारी, दसकिलो, चाकुदेखि जम्बु,बाह्रबिसे,खाडीचौरसम्मका स्थानीय त्रसित छन् । तटीय क्षेत्रमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै सबैलाई सुरक्षा सर्तकता अपनाउन सूचना दिइएको उनले बताए ।

.....

शनिबार बेलुकी अविरल वर्षात्‌ले उर्लिएको हृयाङ्ले खोलाले भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा एक घर र साँघु बगाएको छ । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको हो ।

‘हृयाङ्ले खोला बढेपछि साँघु पुल, घर वरिपरिको संरचना ध्वस्त बनायो, भोटेकोसी बाढीले तटीय क्षेत्रको घरमा क्षति पुर्‍याएको छ, हाम्रो त भागाभाग भयो,’ भोटेकोसी गाउँपालिका मार्मिङ चाकु बजारकी बिना श्रेष्ठले भनिन् ।


त्रासले रातभर जाग्रम बसेको उनले सुनाइन् । ‘कोसी तटिय क्षेत्रमा सबैतिर त्रास फैलिएको छ, के गर्ने नगर्नेमा पुगेका छौं,’ उनले भनिन् । मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त तुल्याएको छ । ‘चाकु, दसकिलोदेखि सीमावर्ती क्षेत्रसम्म बाढीको त्राहीमाम मच्चिएको छ, बर्खाले गर्दा कतिपय सामग्री बाँधेर राजधानी फर्किने भएका छन्,’ स्थानीय होमनाथ ढकालले भने । उनका अनुसार अघिल्लो बर्खामा भोटेकोसीको बाढीको मच्चाएको वितण्डा सम्झेर स्थानीय दैव भरोसामा बाँचिरहेका छन् ।

०७१ जुरेपहिरो, ०७२ भूकम्प,२०७३ असार २१ भोटेकोसी बाढीदेखि बर्खैपिच्छै पहिरोको त्रासमा जिल्लावासी छन् । ‘कोसी तटीयक्षेत्रमा बर्खामा के हुने हो भनेर तयार रहनुपर्छ, यो समस्या कहिले नबदलिने भयो,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने ।

आयोजनामा २ कर्मचारी हराएको शंका

भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत् आयोजनामा कार्यरत २ कर्मचारी बेपत्ताको शंका गरिएको छ । ‘त्यही विषयमा सत्यतथ्य बुझ्न स्थलगत अनुसन्धानमा जाँदैछौं, जेपनि हुन सक्छ, चाकु, दसकिलोदेखि फुल्पिङकट्टीसम्म भएको सम्पूर्ण विवरण त्यसपछि आउनेछ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने ।उनका अनुसार यादव काफ्ले, राम औतार चौधरी बेपत्ता भएका हुन् ।


तटीय क्षेत्रमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै सबैलाई सुरक्षा सर्तकता अपनाउन सूचना दिइएको उनले सुनाए ।

प्रकाशित : असार २२, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?