३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

३ दिनपछि शव फेला

नुवाकोट — तादी गाउँपालिका २ स्थित घट्टेखोला तर्ने क्रममा तीन दिनअघि बेपत्ता दुई किशोरमध्ये एकको शव फेला परेको छ । तादी गाउँपालिका २ चिलाउने गाउँका देवकृष्ण तामाङको शव डेढ किलोमिटर तल बनखोटे खोलाको किनारमा फेला परेको जिल्ला प्रहरीका एसपी कृष्णबहादुर पल्लीमगरले बताएका छन् । बेपत्ता सोही वडाका विनोद तामाङ फेला परेका छैनन् । 

३ दिनपछि शव फेला

यसैबीच, शुक्रबार राति अबिरल वर्षा कारण सूर्यगढी४ स्थित दारमेमा कच्ची सडकबाट झरेको भलपानी पसेर दुई घरमा अन्नपात र लत्ताकपडामा क्षति पुगेको छ । मुग्ली भट्टराई र अर्जुन भट्टराईको घरमा भल पसेर अन्तपातमा क्षति पुगेको हो ।

प्रकाशित : असार २२, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?