मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धादिङ — सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्य् भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ट्रकमा सवार ३५ वर्षीय कृष्ण नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोछ। सामान्य घाइते भएका चालक स्थानीय दिवाकर ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँगै २४ वर्षीय विनु सुनार र उनकी ४ वर्षीय छोरी कपिया सुनार पनि सामान्य घाइते छन्।
सदरमुकामबाट व्यापारिक सामान र व्यापारीहरु बोकेर जाँदै गरेको बा५ ख ९७५० नम्बरको उक्त ट्रक ज्वलामुखी-६ गैरीगाउँमा सडकबाट अनियन्त्रितभै १५ मिटर तल खसेको थियो। प्रकाशित : असार १९, २०७६ १६:४३
प्रतिक्रिया

धादिङ — भारतको राजस्थानबाट मार्बल बोकेर आएको १८ चक्के ट्रक नौबिसे खत्री पौवा नजिक बिग्रिएपछि ९ घण्टादेखि राजमार्ग अवरुद्ध छ ।


खानीखोलास्थित इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार करिब ५० टन मार्बल बोकेर ल्याएको आरजे ३२ जीसी ००४३ नम्बरको ट्रक मोडमा बिग्रेपछि राजमार्ग अवरुद्ध भएको हो। मर्मतमै समय लाग्ने र अत्यधिक भारको ट्रक तान्ने उपकरण नभएपछि मार्बल झारेर यातायात व्यवस्थापन गर्ने तयारी रहेको प्रहरीले बताएको छ।
प्रकाशित : असार १९, २०७६ १३:२२प्रतिक्रिया
थप केही प्रदेश ३बाट