काभ्रेमा ‘सुई आक्रमण’

नगेन्द्र अधिकारी

काभ्रे — बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । ‘नजिकै दिदीको घरबाट फर्किंदै थिएँ, अन्दाजी ४०/४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो भयो ।

मैले फर्केर हेर्दा ती महिला फटाफट गइसकेकी थिइन्,’ उनले भनिन्, ‘रातभरि हात दुखेर सुत्न सकिनँ, बिहान हात सुन्निएको थियो ।’

स्थानीय मेडिकलमा जँचाउँदा सिरिन्ज आक्रमण भएको आशंका गरिएपछि उनी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् । रगत परीक्षणको रिपोर्ट भने बिहीबार मात्रै आउने अस्पतालले जनाएको छ ।

प्रकाशित : असार ११, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तोकिएको मितिमा आएन

नगेन्द्र अधिकारी

काभ्रे — वर्षे अधिवेशन आहृवान गरिसकेका स्थानीय तहले समयसीमाभित्र बजेट नभई नीति तथा कार्यक्रम पेस गरेर औपचारिकता पुर्‍याएका छन् । काभ्रेका १३ मध्ये केहीले मात्रै त्यसको परिपालना गरेका छन् । केहीले त्यसोसमेत गरेनन् ।

तीनवटै तहका सरकारले आफ्नो बजेट आफैं बनाउने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान असार १० गतेसम्म पेस गरिसक्ने उल्लेख गरेको छ ।

धुलिखेल, मण्डनदेउपुर नगरपालिका, बेथानचोक र महाभारत गाउँपालिकाले मात्रै आय र व्ययको अनुमान (बजेट) पेस गरेका हुन् । रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ६५ करोड ८ लाखको बजेट अंक निर्धारण गरे पनि पूर्ण बजेट नै पेस गरेन ।

नमोबुद्ध नगरपालिका पनि आर्थिक विधेयक पेस गरेर बजेट अंक तोके पनि विवरण पेस गरेन । भुम्लु गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट पेस गरेनन् । पनौती, पाँचखाल र बनेपा नगरपालिकाले बजेट अधिवेशन सुरु गरे पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेनन् । पनौतीले २३ गते गर्ने तयारी गरेको नगरप्रमुख भीम न्यौपानेले बताए ।

पाँचखालमा प्रमुख अतिथिका कारण नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय केही पर सरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले असार १८ वा १९ गते आउन सक्ने बताएकाले सोहीअनुसारको तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए ।

बनेपा नगरपालिकाले अधिवेशन सुरु गरे पनि २० गते मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको छ । खानीखोला र चौरीदेउराली गाउँपालिकाले असार १५/१६ गते मात्रै प्रस्तुत गर्ने तयारी थालेका छन् । खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले सबै काम सकिए पनि प्रस्तुत गर्न केही दिन लाग्ने बताए । तेमाल गाउँपालिकामा भने दलीय द्वन्द्वका कारण प्रस्तुत हुन सकेन । बहुमतमा रहेका नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका कारण नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन नसकेको हो ।

बाबुआमा स्याहार गर्नेलाई सम्मान
जिल्लाका विभिन्न स्थानीय तहले नौला कार्यक्रमसहितका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । रोशी गाउँपालिकाको नीति तथा कार्यक्रममा बाबुआमाको स्याहारसुसार र संरक्षण गर्नेमध्ये वडाबाट २ जनाका दरले सम्मान गरिने उल्लेख छ । सुत्केरीलाई पोषिलो खानाअन्तर्गत कुरिलोको प्याकेट वितरण गरिने छ ।

प्रकाशित : असार ११, २०७६ ०७:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×