१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

काभ्रेमा ‘सुई आक्रमण’

नगेन्द्र अधिकारी

काभ्रे — बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । 
‘नजिकै दिदीको घरबाट फर्किंदै थिएँ, अन्दाजी ४०/४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो भयो ।

मैले फर्केर हेर्दा ती महिला फटाफट गइसकेकी थिइन्,’ उनले भनिन्, ‘रातभरि हात दुखेर सुत्न सकिनँ, बिहान हात सुन्निएको थियो ।’


स्थानीय मेडिकलमा जँचाउँदा सिरिन्ज आक्रमण भएको आशंका गरिएपछि उनी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् । रगत परीक्षणको रिपोर्ट भने बिहीबार मात्रै आउने अस्पतालले जनाएको छ ।

प्रकाशित : असार ११, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?