१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मेयरको घरमा राखेको बम निष्क्रिय पारियो 

कृष्ण थापा

काठमाडौँ — विदुर नगरपालिका मेयर सन्जु पण्डितको घरको कम्पाउण्ड राखेको बम निष्क्रिय पारिएको छ । विदुर–९ कोलनी विजुलास्थित मेयर पण्डितको घरको कम्पाउण्ड पर्खालमा प्रेसर कुकर बम राखिएको थियो । 

‘सुतिरहेका थियौं । प्रहरीले आएर बम राखेको बताएपछि थाहा पाइयो,’ मेयर पण्डितले भने ।


सोमबार राति १२ बजे कम्पाउण्ड पर्खालमा पड्काउन बम राखेको र ७० मिटर टाढा बिजुलीको मेन लाइनमा तार जोड्न तयारी भएको अवस्थामा प्रहरीले देखेपछि एक व्यक्ति भागेपछि बम पड्किन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।


उक्त बम नेपाली सेनाको जबरजंग गणको डिस्पोजल टोलीले मंगलबार बिहान डिस्पोज गरेका थिए । बम राखिएपछि कोलनी, त्रिशूली, सदरमुकाम विदुर क्षेत्र आतंकित भएको छ ।


बन्दका कारण जिल्लामा शैक्षिक संस्था, त्रिशूलीबजार, बट्टार लगायत आंशिक मात्र खुलेका छन् । लामो दुरी चल्ने बस र निजी गाडी बन्द छन् ।

प्रकाशित : असार १०, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?