बीपी राजमार्गमा शंकास्पद वस्तु फेला

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–७ बुकापुल नजिक मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार सडकको बीचमा रातो कपडाले बेरेर राखेको शंकास्पद वस्तु फेला परेको छ ।

प्रेसरकुकर बम हुनसक्ने प्रहरीकाे आंकलन छ । सेना, सशस्त्र र प्रहरीको संयुक्त टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी गरेका छन् ।

नेत्रविक्रम चन्द समूहले मंगलबार आव्हान गरेकाे प्रभाव सिन्धुलीमा पनिपरेको छ । लामो तथा छोटो दुरीको कुनैपनि सवारी साधन चलेका छैनन् । शैक्षिक संस्थाहरु ठप्प छन् । सदरमुकाममा छिटफुट पसलहरु खुले पनि ग्रामिण भेगमा सबै बन्द छन् ।

प्रकाशित : असार १०, २०७६ ०८:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बारेकोट गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकाको कार्यालय लिम्सामा सुतली बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । कार्यालयको मुल ढोकामा साेमबार राति उक्त शंकास्पद वस्तुका साथै पर्चा समेत राखेको लेखापाल राजबहादुर सिंहले बताए ।

लिम्सामा फोनको नेटवर्क नहुँदा प्रहरी लगायतलाई खबर गर्न समस्या भएको उनले बताए ।

कार्यालयको ढोका बाहिर पट्टी राखेको शंकास्पद वस्तु के हो भनेर पुष्टि हुन नसकेको सिंहले बताए । कार्यालयमा बम जस्तो देखिने वस्तु राखेपछि कर्मचारी र स्थानीय आतंकित बनेका छन् । बम कसले राखेकाे भन्ने खुलेकाे छैन ।

प्रकाशित : असार १०, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT