जिप दुर्घटनामा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका २ को कमरेफाँट नजिक मंगलबार बिहान भएको जिप दुर्घटनामा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

हलेसी दर्शन गरेर फर्कने क्रममा भएको दुर्घटनामा परि मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३१ का ६० वर्षीय अच्यूत लामिछाने र उनकी बुहारी वर्ष ४५ की हेमा लामिछाने भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

बा १३ च ३७९३ नं को जिप अनियन्त्रित भइ सडकबाट दुईसय मिटर तल खसेको थियो। दुर्घटनामा परि घाइते भएकी वर्ष २६ की आस्था लामिछानेलाई उपचारका लागि काठमाडौं लगिएको छ। चालक दीपक लामिछाने सामान्य घाइते भएको र प्रहरीले दुर्घटनाकाे छानबिन गरिरहेको प्रनाउ थापाले बताए।

प्रकाशित : असार १०, २०७६ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर  मृत्यु

राजकुमार कार्की

सिन्धुली — गुडिरहेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक छात्रको मृत्यु भएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ को बोहोरेटारमा रहेको प्रगतीशिल माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय रमण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सामुदायिक विद्यालयले सञ्चालनमा ल्याएको ना ३ ख ३५२० नम्बरको स्कुलबसबाट घर फर्किने होर्डिङबोर्डमा टाउको ठोक्किँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित : जेष्ठ ३०, २०७६ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×