१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका ६ कुनौरीमा शनिबार राति भएको एम्बुलेन्स दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । 

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईका अनुसार डाडाँखर्क जाने सडक छेउबाट करिब १ सय मिटर ठाडो भिरमा बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स खस्दा चालक सिन्धुली जिल्ला गोलञ्जोर ७ का निरकुमार श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको हो ।


सोही स्थानका सुरज श्रेष्ठ गम्भिर घाइते छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको उक्त एम्बुलेन्स विरामी लिन रामेछापको मन्थलीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रकाशित : असार ८, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?