१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बसबाट हामफाल्दा युवतीको मृत्यु

रासस

चितवन — चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।

उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?