१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

५४ केजी गाँजासहित २ पक्राउ

प्रताप विष्ट

हेटौंडा — भारततर्फ लैजान लागेको लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । लागू औषध बोकेको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ५४ केजी गाँजासहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२ का गाडी धनी एवं चालक २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौलका ४४ वर्षीय सन्जय महतोलाई बिहीबार पक्राउ गरेको हो । 

५४ केजी गाँजासहित २ पक्राउ

पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चौकीका प्रहरीले हेटौडाबाट वीरगन्ज हुँदै भारततर्फ गइरहेको ना ३ ख ५३४० नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रममा २७ वटा प्लाष्टिकको प्याकेटमा गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


ट्रकको चालक बस्ने सिटमाथिको फल्सबटम बनाएर गाँजा लुकाइएको थियो । भारतको रक्सौलमा पुर्‍याउने गरी मनहरी गापाको सिमपानीबाट गाँजा लोड गरेको प्रहरी समक्ष चालक श्रेष्ठले बताएका छन् । 'उक्त गाँजा रक्सौलसम्म पुर्‍याएवापत ५० हजार रुपैयाँ भाडा पाउने प्रलोभनमा परेर गाँजा लोड गरेको हो,' उनले भने । चालक श्रेष्ठले ट्रकमा गाँजा ढुवानी गरेको यो पहिलोपटक होइन प्रहरी उपरीक्षक सिंहले भने, ‘उनले पटक-पटक पुर्‍याएको हुन सक्छ,अनुसन्धानपछि खुल्दै जाला ।’


प्रकाशित : जेष्ठ ३१, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?