१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जागिरको प्रलोभन देखाइ ठगी गर्ने पक्राउ

प्रताप विष्ट

हेटौंडा — ठगी आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक पदमा जागिर खुवाइदिन्छु भनेर ठगी आरोपमा बारा देउताल-२ का २८ वर्षीय सुवास साहलाई प्रहरीले मंगलबार हेटौडाबाट पक्राउ गरेको हो ।

जागिरको प्रलोभन देखाइ ठगी गर्ने पक्राउ

आफूलाई राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउँदै साहले ५ लाख रुपैयाँ दिएमा अनुसन्धान सहायक पदमा काम लगाइदिन्छु भनेर फाराम भरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिहंले बताए ।

हेटौंडा उपमहानगरपालिका-१० स्थित एक होटलको कोठामा जागिर खान फाराम भराइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट राष्ट्रिय अनुसन्धान विभागको दरखास्त फाराम, विभिन्न व्यक्तिहरुका नागरिकता र शैक्षिक प्रमाणपत्र प्रतिलिपि बरामद गरेको छ ।


प्रकाशित : जेष्ठ २९, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?