कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एक्कासी बाँध खोल्दा खोलाले विद्यार्थी बगायो 

धादिङ — टारीबेंसीको आँखुखोलामा लुगा धुन गएकी विद्यार्थी १९ वर्षीया विपना भुसाल बेपत्ता भएकी छिन् । आँखुखोला हाइड्रोपावरको बाँध खुलेर खोला बढेपछि भुसाललाई बगाएको हो । दाङ जिल्ला घर भएकी भुसाल विनायक कलेजमा हेल्थ असिसटेन्ट (एचए) अध्ययनरत थिइन् ।

उनी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्रयोगात्मक कक्षाका लागि आएकी हुन् ।


खोला किनारमै लुगा धुदै गरेकी भुसाललाई टारीबेंसीबाट बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बाँध खोल्दा आँखुखोला हाइड्रोपावरले स्थानीयलाई पूर्वसूचना नदिएको सल्यानटार निवासी सामाजिक कार्यकर्ता सञ्जु श्रेष्ठले बताए ।


प्रकाशित : जेष्ठ २९, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?