१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बलात्कार आरोपी शिक्षकसहित दुई जना थुनामा

प्रताप विष्ट

हेटौंडा — बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले शिक्षकसहित २ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले मनहरी गाउँपालिका-६ का २२ वर्षीय अमन लामा तामाङलाई साढे ३ वर्षकी छात्रालाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।

बलात्कार आरोपी शिक्षकसहित दुई जना थुनामा

आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिक्षक लामालाई गत वैशाख १८ गते पक्राउ गरेको थियो ।

यसैगरी १४ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश स्वीकृती पराजुलीको मंगलबारको इजलाशले हेटौंडा उपमहानगरपालिका-५ का ३७ वर्षीय हिरालाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिका-२ की बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।


अभियुक्त चौलागाईले गत वैशाख २२ गते बालिकालाई कोठामा एक्लै भएको अवस्थामा बलात्कार गरेको आरोप लागेको थियो । उनीहरुलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।


प्रकाशित : जेष्ठ २८, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?