२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

रासस

चितवन — पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?