कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

छोरी बलात्कारीलाई १९ वर्ष जेल

प्रताप विष्ट

(हेटौंडा) — नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

छोरी बलात्कारीलाई १९ वर्ष जेल

जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका-१२ का ३७ वर्षीया बावुलाई छोरी बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेको १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो ।


१३ वर्षीया बालिकालाई बावुले पटक/पटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए । पछिल्लो पटक बावुले २०७५ पुस २२ गते बलात्कार गरेका थिए । उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो ।


प्रहरीले पुस २३ गते पक्राउ बावुलाई पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरले माघमा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनलाई बावुले यौन दुर्व्यवहार र बलात्कार गर्न थालेका थिए ।


प्रकाशित : जेष्ठ २३, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?