कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

७२ घण्टामै स्मार्ट लाइसेन्स

मकवानपुर — प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले बुधबारबाट औपचारिक रूपमा सवारी चालक अनुमतिपत्र नवीकरण र वितरण सुरु गरेको छ ।

७२ घण्टामै स्मार्ट लाइसेन्स

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–१, चौकीटोलका शिवकुमार थापालाई लाइसेन्स नवीकरण गरेको ७२ घण्टामै स्मार्ट लाइसेन्स प्रदान गरे । ‘वीरगन्जमा एक वर्ष लाग्छ भनेको हेटौंडामा तीन दिनमा भयो,’ स्मार्ट लाइसेन्स लिँदै थापाले भने ।

यातायात व्यवस्था विभागको चालक अनुमतिपत्र दर्ता तथा नवीकरण प्रणालीमा यस कार्यालयको प्रणाली जोडिएपछि सवारी चालक अनुमतिपत्र दर्ता तथा नवीकरण हेटौंडाबाट सुरु भएको हो । कार्यालय माघ ९ गते स्थापना गरिएको थियो । हालसम्म २६ जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकिएको थापाले बताए ।

यसअघि सवारी चालक अनुमति पत्रको दर्ता तथा नवीकरणका लागि वीरगन्ज र काठमाडौं जानुपर्ने बाध्यता थियो । ‘अब हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र दर्ता तथा नवीकरण सेवा सुरु भएसँगै वीरगन्ज तथा काठमाडौं पुगेर यहाँका सेवाग्राहीले पाउने सास्तीबाट मुक्त हुनेछन् ।’ अब नयाँ सवारीचालक अनुमतिपत्र जारी गर्ने तयारी पनि भएको छ । उनका अनुसार आगामी आर्थिक वर्षबाट हेटौंडामै लाइसेन्स प्रिन्ट गर्ने मेसिन खरिद प्रक्रिया बढेको पनि बताए ।

‘नवीकरणलाई नियमित गरेपछि सवारी चालक अनुमतिपत्रका नयाँ जारी गर्नका लागि प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘हेटौंडाको विभिन्न स्थानमा निजी क्षेत्रबाट निर्माण भएको ट्रायल सेन्टरहरूको निरीक्षण हामीले गरिरहेका छौं । ट्रायल सेन्टरलाई भाडामा लिएर हामी लाइसेन्स जारी गर्ने कामको सुरुवात गर्नेछौं ।’

उनले यसै आर्थिक वर्षभित्र यस प्रक्रियाको सुरुवात हुने दाबी गरे । लाइसेन्स प्रदान गर्दै मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका पौडेलले यातायात क्षेत्रमा रहेको विकृति हटाउन आफूले काम गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?