१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले बुधबार साँझ रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष राजाराम रेग्मीलाई गिरफ्तार गरेको छ । जेठ ३ गते भरतपुर गोन्द्राङमा एकजना प्रहरी जल्ने गरेर सडक बोर्डको सडक शुल्क संकलन केन्द्रमा भएको आगजनी घटनामा संलग्न भएको आशंकामा रेग्मी पक्राउ परेका हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले राजाराम साँझ ६ बजे पक्राउ परेको बताए ।

रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष पक्राउ

उक्त घटनामा प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्का पौडेल आगोले पोलेर गम्भीर घाइते भएकी थिइन् । उनको भरतपुरको नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रत्ननगर उद्योग वाणिज्य संघले गोन्द्राङमा कर संकलन गर्दा पुर्वी चितवनवासीलाई मर्का पर्ने भन्दै जेठ १ गते मात्रै ज्ञापनपत्र बुझाएको थियो । कर संकलन केन्द्र जिल्लाको सुरुआत विन्दुमा हुनु पर्ने संघको माग छ । जेठ ३ गते आगजनी हुँदा अध्यक्ष रेग्मी कर संकलन केन्द्रमा थिए ।


प्रहरीले यसअघि आगजनी घटनामा संलग्न भएको आरोपमा तीन जनालाई समाएर अभद्र व्यवहारमा मुद्दा दायर गरिसकेको छ । मुद्दा दायर भएपछि पक्राउ परेका तीनजना बुधबार ५४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रेग्मीलाई पनि बिहीबार चितवन जिल्ला प्रशासनमा उपश्थित गराइने र बाँकी कारवाही प्रक्रिया अगाडि बढ्ने डिएपी दुर्गाराज रेग्मीले जानकारी दिए ।


प्रकाशित : जेष्ठ ८, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?