खैरो हिरोइन र ४७ किलाे चरेस सहित १ जना पक्राउ

हरिहरसिंह राठौर

धादिङ — लागूऔषध नियन्त्रण ब्युरोले स्थानीय प्रहरीको सहयोगमा ९ सय ७८ ग्राम खैरो हिरोइन र ४७ किजी चरेस सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले गजुरी-१, को सोतीखोला कच्ची सडकबाट राजमार्गमा झर्दै गरेको कारसहित उक्त परिणामको लागू औषध बरामद गरेको हो । 


गजुरी प्रहरीका अनुसार डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारबाट पछिल्लो सिटमुनी फल्स बटम बनाई लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। लागू औषध ओसारपसारमा संलग्न कैलाली उपमहानगरपालिका-४ बेहडी निवासी ४६ वर्षीय काल्चे बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित : वैशाख २३, २०७६ ०७:३७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चेल्सी च्याम्पियन्स लिगमा छनोट

एजेन्सी

लन्डन — चेल्सी अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि आइतबार राति छनोट भएको छ । उसले शीर्ष चारमा रहन वाटफोर्डलाई ३–० ले हरायो । 

अर्को खेलमा आर्सनलले ब्राइटनस“ग १–१ को बराबरी खेलेपछि चेल्सी भाग्यमानी सावित भयो । चेल्सी ७१ अंक बटुल्दै तेस्रोमा छ । चौथोमा टोटनहमको ७० अंक छ र उसको पनि छनोट लगभग निश्चित जस्तै भएको छ ।

एक चरणको खेल बा“की रहेको स्थितिमा आर्सनलको ६७ अंक छ र गोल अन्तरमा टोटनहमभन्दा धेरै पछाडि छ । आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हर्डसफिल्डविरुद्ध १–१ को बराबरी खेल्यो ।
म्यानचेस्टर ६६ अंकमा छैटौंमा छ ।

प्रकाशित : वैशाख २३, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×