२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चीनले सात तले दरबारको रेट्रोफिटिङ गर्ने

कृष्ण थापा

नुवाकोट — डेढ महिनाभित्रमा चीनले पुरातात्त्विक सम्पदा साततले दरबार र तलेजु भवानी दरबारको रेट्रोफिटिङ गर्ने भएको छ । पुरातात्त्विक सम्पदा पुनर्निर्माणको लागि चिनियाँ प्राविधिक टोलीले वैशाखको पहिलो सातामा अन्तिम चरणको सर्भे सकेको छ । टोलीले साततले दरबारदेखि उत्तरपट्टी रहेको तलेजु भवानीको पाँचतले दरबार र साततले दरबारको अन्तिम सर्भे सकेको हो ।

चीनले सात तले दरबारको रेट्रोफिटिङ गर्ने

'७ वटा संरचनाको काम हुँदैछ,' जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) प्रमुख कोषनाथ अधिकारीले भने, 'अन्तिम चरणको विस्तृत काम भइरहेको बुझिएको छु ।'


यहाँ आधा दर्जनभन्दा बढी सम्पदा पुनर्निर्माण गर्नुपर्ने छ । 'चिनियाँ पक्षले विस्तृत प्रतिवेदन बुझेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा छलफल हुने छ', उनले भने । चिनियाँ प्रविधिक टोलीले तलेजु भवानी, साततले दरबार र बाटोको अवस्था बुझेपछि अन्तिम चरणको प्राप्त सूचनाअनुसार डेढ महिनाभित्रमा काम सुरु हुने भन्ने बुझिन आएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) प्रमुख अधिकारीले बताए । चिनियाँ पक्षले नुवाकोट दरबारसहित सबै पुरातात्विक सम्पदाहरुको रेक्टोफिटिङ गरी पुनर्निर्माण गर्ने भएको छ,' जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) प्रमुख अधिकारीले भने, 'सुरुवात दुई भवन र अन्यको क्रमश: काम गर्दै जाने बुझाई छ ।'


चीन सरकारले पुनर्निर्माण गर्ने सम्पदाहरुमा साततले दरबार, लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर छन् । विष्णु र नारायण मन्दिरलाई एउटै प्याकेजमा राखेर काम गर्ने भएको छ ।


गुरुयोजना बनाएर पुनर्निर्माणको काम थालिने प्राधिकरणले जनाएको छ । पुरातात्विक महत्व बोकेको जिल्लाको ठूलो शक्तिपीठ नुवाकोट भैरवी मन्दिरमा निर्माण भइरहेको छ । राजा पृथ्वीनारायण शाहले १८१७ देखि १९ मा ललितपुरबाट कालिगढ झिकाएर उक्त दरबार बनाउन लगाएका थिए । सुरुमा नौतले भए पनि ०९० सालको भूकम्पले ७ तलामा सीमित भएको बूढापाकाको भनाइ छ ।


०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पले साततले दरबार टेकोको भरमा छ । तुलजा भवानीको दरबार भक्तपुरे राजाले बनाउन लगाएको भनिए पनि तिथिमिति भेटिएको छैन । स्थानीय बूढापाकाका लिच्छवीकालीन दरबार भएको दाबी गर्छन् । यसको पूर्वी मोहडाको पूरै भाग गत वर्षात्‌मा झरेको थियो ।


प्रकाशित : वैशाख २१, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?