३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राजभण्डारीलाई सम्मान

काठमाडौँ — समाजसेवी एवं राजनीतिज्ञ माधवमणि राजभण्डारीलाई दोलखाका एक दर्जन संघसंस्थाले संयुक्त रुपमा सम्मान गरेका छन् । दोलखा जिल्लाको शैक्षिक, सामाजिक, सांस्कृतिक र भौतिक पूर्वाधारलगायत विकासमा अतुलनीय योगदान पुर्‍याएको भन्दै शनिबार राजधानीमा उनलाई अभिनन्दन गरिएको हो ।

राजभण्डारीलाई सम्मान

द्वाल्खा गुठी, लायन्स क्लब अफ दोलखा, साथी कल्याणकारी समूह, द्वाल्खा म्यासमुचा खलक, कालिञ्चोक युवा क्लबसहितका संस्थाले सम्मान गरेका हुन् । दोलखाको बाटोघाटो, विद्यालय स्थापना, अस्पताल निर्माण लगायतमा राजभण्डारीले सक्रियता देखाएको वरिष्ठ कलाकार मदनदाश श्रेष्ठले जानकारी दिए ।


ऐतिहासिक दोलखा बजारमा २००३ साल पुसमा जन्मेका उनी हाल अस्वस्थ छन् ।

प्रकाशित : वैशाख २१, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?