कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लामोसाँघु-चरिकोट सडक कालोपत्रे

अनिश तिवारी

सिन्धुपाल्चोक — लामोसाँघु चरिकोट खण्ड (तामाकोसी जिरी सडक योजना) अन्तर्गतको २५ किमिमा कालोपत्रे थालिएको छ । खाडीचौरदेखि मुडेको जिम्मा लिएको गौरी पार्वती कन्स्ट्रक्सनले शुक्रबारबाट धमाधम कालोपत्रेको गरेको हो । 

लामोसाँघु-चरिकोट सडक कालोपत्रे

'गौरीपार्वती सुनौलो खिम्ती जे भीले काम छाडेदेखि अहिलेसम्मको ८ करोड भुक्तानी नपाए पनि कालोपत्रे भने थालेका छांै,' गौरी पार्वती कन्स्ट्रक्सनका साइट इन्चार्ज लोकबहादुर श्रेष्ठले भने । स्तरोन्नति प्राविधिकदेख कच्चा पदार्थको व्यवस्था गरिसकेको सुनाउँदै उनले असारसम्मकम कालोपत्रे सक्ने लक्ष्य सुनाए ।

गौरीपार्वती सुनौलो खिम्ती जेभीले समयमा काम नसकेर छाडेलगत्तै गौरी पार्वतीले जिम्मा लिएपछि कामले गति पाएको थियो । 'आजसम्म कुनै पनि बिलको भुक्तानी पाएका छैनौं, यस्तो अवस्थामा काम गर्न गाह्रो भइरहेको छ,' उनले भने । भ्याटसहित ५२ करोड बराबरको लागतमा हुन लागेको सडकको कामको भुक्तानी सम्बन्धित निकायले अनेक बहानामा अडाएको ठेकेदार पक्षको गुनासो छ । लामोसाँघु-चरिकोट खण्डको खाडीचौरमाथि साढे १८ किमि सडकमा बेसको काम सकिएको छ ।

खाडीचौरदेखि १२ किलोसम्म सबबेस, १७ किलोसम्म सब ग्रेड र १८ किलोसम्म स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको छ । खाडीचौर तल्लो प्याकेजसम्म निर्माण पक्षले काम नसच्याएकाले भुक्तानी रोकिएको चरिकोट सडक डिभिजन प्रमुख धमेन्द्र झाले बताए ।

'त्यस खण्डको सुधार गर्न सुझाएका छौं, बिल रोकिएको म्याद थप नभएर हो, प्रक्रियामा छ,' उनले भने । मौसमले केही समस्या बनाउने देखिए पनि सडक निर्माणमा कालोपत्रे गर्न जुटिरहेको निर्माण पक्षले कामलाई तीव्रता दिएको उनको कथन छ । वैशाख २२ देखि जेठ ५ गतेसम्म सवारी आवागमन बन्द गर्ने सूचना जारी भइसकेको उनले बताए ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकार सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित खाडीचौरबाट दोलखासम्म जोड्ने ५५ किमिमा फराकिलो बनाउने काम भइसकेको छ । भारतको एक्जिम बैंकको सहयोगमा बनिरहेको सडकको खाडीचौर मुडे २५ किमि सडक भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी-पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले लिएको छ ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?