त्रिशूलीमा डुबेर ४ वर्षीय बालक बेपत्ता

कृष्ण थापा

नुवाकोट — विदुरनगरपालिका ४ सिमचौरमा एक बालक त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार बिहान दुईजना दिदीहरुसित नुहाउन गएका ४ वर्षीय प्रकेश तामाङ नदीमा बेपत्ता भएका हुन् ।

बालकले लुगा फुकालेर नदीमा पसेपछि घरमा आएर त्रिशूलीमा डुबेको बताएपछि अभिभावकहरु खोजतलास गरेका थिए ।


बालक नभेटिएपछि अभिभावकले बालकको खोजीको लागि प्रहरी, सेनाको श्रीनाथ गण र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । सेना र सशस्त्रले बेपत्ता बालकको खोजी जारी राखेका छन् ।

प्रकाशित : वैशाख १४, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?