२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

त्रिशूली किनारमा धमाधम होटल रिसोर्ट

हरिहरसिंह राठौर

धादिङ — नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पृथ्वीराजमार्ग र त्रिशूली किनार वरपर धमाधम रिसोर्ट तथा स्तरीय होटल र रेष्टुरेष्टहरु सञ्चालनमा आएका छन् ।

त्रिशूली किनारमा धमाधम होटल रिसोर्ट

सरकारी कर्मचारी, स्थानीय युवा र आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले करिब १५ करोड खर्चिएर सिरानबजारमा धादिङ क्रिक रिसोर्ट प्रालि सञ्चालन ल्याइएको छ ।


८० जना क्षमताको सेमिनार हल, ४ सयजनाकाे क्षमता भएकाे यस रिसोर्टमा २० वटा डिलक्स कोठाहरु रहेका छन् । सदरमुकामको बीचभागबाट बग्ने अरुण खोला किनारमा सञ्चालित यो रिसार्टमा ग्राहकहरुको माग बमोजिमका मौलिक खानपिन र शान्त वातावरण रहेको सञ्चालक रामचन्द्र गिरीले बताए ।

याे वर्ष धादिङमा धादिङबेंसीका साङ्गकोष र रायोटारमा २ वटा साना रिसोर्ट समेत सञ्चालनमा आएका छन् ।


राजधानी प्रवेश गर्ने मुख्य सडक पृथ्वीराजमार्ग हुँदै ७२ जिल्लाबाट सवारी साधनहरु गुड्ने गरेका छन् । यसअघि लामो दूरीका सवारी साधनका यात्रुहरुलाई नास्ता र खानाका लागि प्रसिद्ध राजमार्ग वरपर र त्रिशूली किनारमा अहिले सुविधा सम्पन्न रिसोर्ट, स्विमिङ पुल, वाटरपार्क र सुविधा सम्पन्न जलयात्राले चर्चा पाएकाे छ ।

सरकारले भ्रमण वर्षलाई लक्षित गरेर सय पर्यटकीयस्थानमा मध्य त्रिशूली नदीलाई समेटेपछि त्रिशूली किनारमा रिसोर्टहरु खुल्ने क्रममा बढेको जोगीमारास्थित खटौटी खोलामा रहेको रोयलविच क्याम्पका सञ्चालक विष्णुहरि सिलवालले बताए ।

एक वर्षकै अवधिमा सञ्चालित नौबिसेमा नायिका रेजिना उप्रेतीले एग्रो रिसोर्ट सञ्चालन गरेकी छिन् भने गजुरी घाटबेंसीमा सुविधा सम्पन्न स्वीमिङ्गपुल सहितको वाटरकिङ्डम एण्ड रिभरसाइड रिसोर्ट सञ्चालनमा आएकाे छ । यहाँका रिसोर्टका आ-आफ्नै विशेषता छन् । एग्रो रिसोर्टले स्थानीय आर्गेनिक खाना उपलब्ध गराउँछ भने रिभर पार्क बिच रिसोटमा स्वीमिङपुल, फन पार्कको सुविधा उपलब्ध छ ।

गर्मी बढेसँगै त्रिशूलीमा वर्षेनी २ लाख बढी स्वदेशी तथा विदेशीले जलयात्रा गर्छन् । त्रिशूली किनारमा जलयात्रा गराउने आधा दर्जन मात्रै रैथाने व्यवसायीहरु छन् । रिसाेर्टसँगै जलयात्रामा पनि लगानी गरिएको बेनीघाट मालिंगास्थित त्रिशूली रिभर साइडका सञ्चालक गणेश कडेँलले बताए ।

राजमार्ग वरपर होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेपछि स्थानीयवासीहरुको आयआर्जनको वैकल्पिक स्रोत जुट्दै गएको र रोजगारीको पनि सिर्जना भएको वेनीघाट रोराङ्गका उपाध्यक्ष देवीप्रसाद सिलवालले बताए ।

प्रकाशित : वैशाख १४, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?