कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्यागङमा प्याराग्लाइडिङ

कृष्ण थापा

(नुवाकोट) — पर्यटन प्रवर्द्धनका गर्न म्यागङमा प्याराग्लाइडिङ परीक्षण गरिएको छ । म्यागङ गाउँपालिका र वडा नम्बर ४ को आयोजनामा किम्ताङस्थित संगम डाँडा, संगम र म्यागङ— ३ को लोकिलमा प्याराग्लाइडिङ परीक्षण गरिएको थियो ।

म्यागङमा प्याराग्लाइडिङ

दुई दिन लगाएर ओपन स्काई प्याराग्लाइडिङ प्रालि लेकसाइड पोखरा कास्कीको प्राविधिक सहयोगमा प्याराग्लाइडिङ परीक्षण गरिएको हो । ‘यहाँ स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङबाट भरपुर मनोरञ्जन लिन सक्छन्,’ म्यागाङ गाउँपालिका ४ का वडाध्यक्ष कमल तामाङले भने, ‘त्यही भएर प्याराग्लाइडिङ उडान गर्न कुन कुन ठाउँ उपयुक्त छन् हेरेका हौँ ।’ किम्ताङको संगम त्योभन्दा माथिल्लो डाँडा कुङगरगङमा प्याराग्लाइडिङ गर्न सकिने प्राविधिकले बताए ।


‘किम्ताङको संगम त्योभन्दा माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ गर्न उपयुक्त छ,’ ओपन स्काईका प्राविधिक नूर राना मगरले भने, ‘यहाँ रूख र बुट्यान हटाउनुपर्छ । उता लोकिलमा गर्न अलिकति जोखिम छ ।’ उक्त डाँडा २२ सय मिटर उचाइमा छ । प्याराग्लाइडिङका लागि तल्लो भागबाट डाँडातर्फ हावाको बहाव चाहिने प्राविधिकले बताए ।


लोकिलमा छोटो एक फ्लाइट गरिएको थियो भने संगमबाट तल खेलमैदानसम्म दुई फ्लाइट गरिएको थियो । ‘म्यागङ गाउँपालिका पर्यटकका लागि धेरै सम्भावना बोकेको ठाउँ हो,’ म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङले भने, ‘प्याराग्लाइडिङलगायत स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने कार्यक्रम ल्याइरहेका छौँ ।’म्यागङ गाउँपालिकाले त्रिशूली हुँदै एकरात बास बस्ने गरी पर्यटक आकर्षित गर्ने योजना बनाइरहेको छ ।


प्रदेश—३ र म्यागङ गाउँपालिकाको साझेदारीमा पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको गाउँपालिका प्रमुख तामाङले बताए । टुण्डी मैदान, म्यागङ, किम्ताङ, चामछप्पा मैदान, बुङताङको माइथान लगायत स्थानलाई पर्यटकीय स्थल बनाउन लागिएको छ । पर्यटकका लागि पूर्वाधारको रूपमा रेस्टुराँ र होटलको निर्माण हुने उनले बताए ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?