१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

झन्डाचुलीमा फहरायो राष्ट्रिय झन्डा

धादिङ — महाभारत पर्वत शृंखलाअन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रस्थित झन्डाचुलीमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । नयाँ वर्षको पहिलो दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलद्वारा थाक्रे– ३ मा रहेको २१ सय मिटर अग्लो चुचुरोमा झन्डोत्तलन गर्दै १५ मिटर उचाइको नेपालको राष्ट्रिय झन्डा फहराइएको हो ।

झन्डाचुलीमा फहरायो राष्ट्रिय झन्डा

पर्यटनको प्रचूर सम्भावना बोकेको भूमिचुली क्षेत्रको सबैभन्दा अग्लो झन्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झन्डा राखिएको थियो । उक्त भूमिचुलीमा झन्डा गाडिएपछि झन्डाचुली नामकरण गरिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवर्द्धन नागरिक अभियानको आयोजनामा झन्डा राखिएको हो ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झन्डाचुलीलाई एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कँडेलले बताए । ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्त्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफूले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उपाध्यक्ष कँडेलले भने, ‘सरकारले अगाडि बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान बनाउन मूल संवाहकको रूपमा पर्यटनलाई महत्त्वपूर्ण अंगका रूपमा लिएका छौं ।’ आदिवासी जनजाति तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाॅ पर्यटकीय पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने बताए ।

सांसद भूमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चन्द्रागिरि चेपाङ हिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गरेका छन् । यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्त्व बताउँदै त्रिपाठीले पदमार्गको नामै गाॅँजा हिल राख्ने सुझाए ।

प्रकाशित : वैशाख ४, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?