कान्तिपुरकर्मी विष्टसहित संचारकर्मीहरु विभुषित

काठमाडौँ — विभिन्न क्षेत्रका योगदान पुर्‍याएको ठहर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार एक समारोहबीच कान्तिपुरकर्मी प्रताप विष्टलगायत आधा दर्जन भन्दाबढी संचारकर्मीलाई मानपदवी तथा विभुषण प्रदान गरेकी छिन् ।

कान्तिपुरकर्मी विष्टसहित संचारकर्मीहरु विभुषित

शितल निवासीमा आयोजित एक समारोहमा कान्तिपुर पब्लिकेशन्सका प्रदेश—३ का ब्यूरो प्रमुख विष्टलाई राष्ट्रपति भण्डारीले प्रवल जनसेवा श्री विभुषण प्रदान गरेकिथिइन । मानपदवी र विभुषण पाउने संचारकर्मीहरुमा शम्भु श्रेष्ठ, निर्मला शर्मा, तीर्थ कोइराला, गोपाल बुढाथोकी, गणेश पाण्डे, उजिर मगर, पुण्य पौडेललगायत रहेका छन ।


नेपाल राष्ट्रको गौरव र नेपाली जनताको हित अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै विभिन्न क्षेत्रका ३ सय ४२ जनालाई मानपदवी र विभुषण प्रदान गरिएको थियो । संविधान दिवसको अवसरमा अर्थात असोज ३ गते घोषणा गरिएको मानपदवी र विभुषण आइतबार प्रदान गरिएको हो ।


मानपदवी र विभुषण प्रदान गर्ने समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन,प्रधानमन्त्री केपी ओली, विभुषण समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरललगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : वैशाख १, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?