चन्द समूहका मकवानपुर इन्चार्ज पक्राउ


हेटौंडा — नेत्रविक्रम चन्द समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।


हेटौडा उपमहानगरपालिका-८ फायरलाईनबाट बिहीबार पक्राउ गरेको हो । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानसहित अर्का एकजनालाई पक्राउ गरेको प्रहरी स्राेतले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यसअघि मकवानपुर प्रहरीले चन्द समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर विभिन्न मुद्दा चलाएको छ ।
