कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रेस रजिस्ट्रारमा पत्रकार सापकोटा नियुक्त

हटौडा — प्रदेश-३ को मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रेस रजिस्ट्रार नियुक्त गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी पत्रकार रेवती सापकोटालाई प्रेस रजिस्ट्रार पदमा नियुक्त गरेको हो ।

प्रेस रजिस्ट्रारमा पत्रकार सापकोटा नियुक्त

सिन्धुपाल्चोक चौतारावासी पत्रकार सापकोटा २० वर्षदेखि पत्रकारिता पेसामा आबद्ध रहेका छन् ।

प्रदेश-३ को सञ्चार विधेयकमा प्रेस रजिस्ट्रारको व्यवस्था गरिएको छ । सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश तहमा प्रेस रजिस्ट्रारको व्यवस्था गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकटेलले बताए । नियुक्त भएका रजिस्ट्रारले राजपत्राङ्कति प्रथम श्रेणीको सेवा सुविधा पाउने छन् ।

यस्तै बैठकले गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीपीडित परिवारको आवास निर्माणका लागि प्रदेश-२ सरकारलाई राहत रकम पठाउने निर्णय गरेको छ ।

यस अघिको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितलाई एक करोड दिने निर्णय थियो । बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि-२०७५ स्वीकृत गरेको छ ।

प्रकाशित : चैत्र २७, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?