पालुङ र चित्लाङमा १२ वर्षपछि हिमपात

प्रताप बिष्ट

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्र हिउँले सेताम्मे भएको छ । उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ, शिखरकोट, पालुङ चित्लाङलगायतको क्षेत्रका हिउँ परेको हाे । 

पालुङ र चित्लाङमा १२ वर्षपछि हिमपात

दामन सिमभन्ज्याङमा एक महिना अघि पनि हिउँ परेको थियो । तर शिखरकोट, पालुङ, चित्लाङकोमा हिउँ परेका थिएन । थाहा नगरपालिकाको तल्लो भागमा समेत एक फिट भन्दा बढी हिउँ परेको छ भने दामन सिमभन्ज्याङमा तीन फिट बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् ।


हिउँ परेकाले उत्तरी क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् । थाहा नगरपालिकाको शिखरकोट, पालुङ र चित्लाङ क्षेत्रमा १२ वर्षपछि हिउँ परेको शिखरकोटका शुकदेव रायमाझीले बताए ।


'२०६३ साल फागुन ४ गते यसरी नै हिउँ परेको थियो' रायमाझीले भने । हिउँका कारण उत्तरी क्षेत्रको जनजीवन कष्टकर वनेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?