कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थीलाई न्यानो कपडा

दोलखा

काठमाडौँ — दोलखा भिमेश्वर नगरपालिका ५ मा रहेको विसुन्टोल आधारभूत विद्यालयका २० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । 

विद्यार्थीलाई न्यानो कपडा

अमेरिकाको भर्जिनियामा बस्दै आएका नेपाली बालबालिकाहरूले तिहारमा देउसी–भैलोबाट जम्मा गरेको रकमबाट कपडा वितरण गरिएको हो । २२ हजार ३ सय ३२ रुपैयाँबाट किनिएको कपडा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत र अभियन्ता नीता राउतले संयुक्त रुपमा हस्तान्तरण गरे । बालबालिकालाई निरन्तर विद्यालय आउन यस कार्यक्रमले थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक परशुराम थापाले बताए ।


जम्मा भएको रकमले १ थान स्वीटर र १ थान टोपी प्रदान गरिएको हो । अमेरिकामा बस्ने विस्वेस ढुगाना, स्मीती उपाध्याय, सन्तोष क्षेत्री, अक्षत ढुंगाना, प्रतिक उपाध्याय, रिवाज रेग्मी, पार्थ रेग्मीले हरेक वर्ष देउसी भैलोबाट संकलित रकम नेपालको विभिन्न क्षेत्रमा रहेका बालबालिकाको लागी खर्च गदै आइरहेका छन् ।



प्रकाशित : मंसिर २०, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?