कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्रिशूली अस्पतालमा चिकित्सक अभाव

नुवाकोट — दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा त्रिशूली अस्पतालको सेवा प्रभावित भएको छ । जटिल रोगका बिरामी काठमाडौं रिफर गर्न थालेको छ । ‘विशेषज्ञ डाक्टर छैनन्,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट देवकी खतिवडाले भनिन्, ‘जटिल खालका बिरामी आए काठमाडौं पठाउँछौँ ।’

त्रिशूली अस्पतालमा चिकित्सक अभाव

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट गरी १७ जना स्थायी मेडिकल चिकित्सकको दरबन्दी छ ।


बालरोग, जनरल फिजिसियन, गाइनोलोजिस्ट र हाडजोर्नी विशेषज्ञ भएका पनि बिदा र काजमा छन् । यो जिल्ला अस्पताल तीन जिल्ला रसुवा, धादिङ र नुवाकोटदेखिका बिरामी उपचार सेवा लिने आउने गर्छन् । यहाँ दैनिक २ सय बिरामीले उपचार सेवा लिने गरेका छन् । बिरामीको चापले २५ बेडको अस्पताल बढाएर ३७ बेडसम्म बिरामी राखिने गरिएको छ । राजधानी काठमाडाँैकोझैं यहाँ आउने चिकित्सकले बिरामीको उपचार सेवा गरेबापत् दुर्गमको जस्तो बढुवाको नम्बर पाउँदैनन् ।


‘अधिकांश चिकित्सक यहाँ आउन मान्दैनन्,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट खतिवडाले भनिन्, ‘यहाँ आउने डाक्टरलाई सुविधा छैन । पार्टटाइम काम गर्न क्लिनिकहरू छैन । यहाँ बस्नु र भ्यालीमा बस्नु कुनै फरक भएन ।’ अस्पताल काठमाडौंदेखि ७२ किमि दूरीमा पश्चिमोत्तर भागमा छ ।


विशषेज्ञ चिकित्सक नहुँदा अहिले बिरामीको चाप कम हुँदै गएको छ । स्थायी चिकित्सक नभएपछि अस्पताल व्यवस्थापन समितिले आएका बिरामीलाई जेनतेन उपचार दिलाउन कोसिस गरेको छ । लेखापाल नभएर जिल्ला कारागारबाट लेखापाल ल्याएर काम चलाएको छ ।


आइतबार जिल्ला अस्पतालले चिकित्सक नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेषज्ञ चिकित्सक पठाइदिन पत्र लेखेको छ । पत्रमा ‘५० बेडको क्षमताको अस्पताल भए पनि दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारीहरू नहुनाले सेवा प्रवाहमा धेरै कठिनाइ भइरहेको’ उल्लेख छ ।


अस्पतालमा प्रसूति सेवा, अल्ट्रासाउन्ड सेवासमेत प्रभावित छ ।

प्रकाशित : मंसिर १२, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?