१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

थुनामा राख्नुको कारण माग

धादिङ — जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय धादिङलाई जुगेखोलास्थित थाक्रेकालिका क्रसर उद्योगका सञ्चालक नीलम पन्तलाई जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राख्नुको उचित प्रमाण र कारण माग गरेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ७ दिनभित्र व्यवसायी पन्तलाई आवश्यक प्रमाणसहित उपस्थित गराउन प्रजिअ भगीरथ पाण्डेलाई आदेश दिएको छ ।


जिल्लाका पत्रकारलाई सूचना दिएको आरोपमा थप अनुसन्धान गर्न पुर्पक्षका जिल्ला कारागार चलान भएका थाक्रे ६ निवासी पन्तले प्रमुख जिल्ला अधिकारीको कात्तिक ३ गते मुलुकी संहिता २०७४ को दफा ८० बमोजिम पुर्पक्षका लागि थुन्न दिएको आदेश बदर गरी पाउँ भनी शुक्रबार जिल्ला कारागारमार्फत अदालतमा दर्ता गराएका थिए ।

प्रकाशित : मंसिर ११, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?