२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

देउसी भैलाे खेल्ने समूहबीचकाे झडपमा एककाे मृत्यु

हत्या आरोपमा सात पक्राउ
प्रताप बिष्ट

हेटौडा — देउसी भैलो खेल्ने युवाहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । एक युवक घाइते भएका छन् ।

हेटाैंडा उपमहानगरपालिका—११ पदमपोखरी सिग्रेनीका ४७ वर्षीय रमेश रानामगरको झडपमा मृत्यु भएको हो । पदमपोखरी सिग्रेनीका युवाहरुले हेटौडा उपमहानगरपालिका—११को झोलुङ्गे पुल छेउमा देउसी भैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गरेका नवलपुरका युवाहरुले उनीहरुमाथि आक्रमण गरेका थिए ।


आफ्नो छोरासहित गाउँका युवाहरुमाथि कुटपिट भएको खबर पाउने बितिक्कै पुल छेउकै बजारको पसलमा रहेका रानामगर बाहिर निस्केका थिए । उनलाई मादक पदार्थ सेवन गरेका नवलपुरका एक हुल युवाहरुले फलामको रडले हिर्काएर घाइते बनाएका थिए । तत्कालै उपचारका निम्ति हेटौंडास्थित चुरेहिल अस्पतालमा पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


युवकहरुको आक्रमणवाट २५ वर्षीय रञ्जित श्रेष्ठ घाइते भएका थिए । उपचारपश्चात श्रेष्ठ शुक्रबार घर फर्केको प्रहरीले जनाएको छ । रानामगरको हत्या आरोपमा प्रहरीले सात युवालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका—११ नवलपुरका २३ वर्षीय जिसु श्रेष्ठ, २९ वर्षीय सुरेश श्रेष्ठ, २३ वर्षीय सौरभ अर्याल, २५ वर्षीय लुङ्वा भन्ने अमुल लामा, २४ वर्षीय लुङ्वा भनिने अमृत लामा, २२ वर्षीय कत्ले भतिज भनिने रुपेश चुनीमगर र नुवाकोट जिल्ला घर भई नवलपुरमा डेरा गरी बस्ने २९ वर्षीय घन टाउके भनिने सुजेन लामा छन् ।



उक्त घटनामा संलग्न रहेका केही युवाहरु अझै फरार रहेको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए ।

प्रकाशित : कार्तिक २४, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?