थाहा नगरमा शीतभण्डार

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा शीतभण्डार निर्माण हुने भएको छ  । शीतभण्डारको प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शिलान्यास गरे  ।

थाहा नगरमा शीतभण्डार

थाहा नगरपालिका(३ घर्तीखोलास्थित सार्वजनिक जमिनमा उक्त शीतभण्डार निर्माण हुन लागेको हो ।

संघ, प्रदेश, स्थानीय सरकार र स्थानीय सहकारीहरूको लगानीमा शीतभण्डार निर्माण हुँदै छ । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ५० लाख, प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय चार करोड र नगरपालिका र स्थानीय सहकारीहरूसमेतको साढे ११ करोड लगानीमा लगानीमा निर्माण हुन लागेको हो ।

आलुको बीउ भण्डार तथा अन्य तरकारी र फलफूल भण्डारण गरी बजारमा लान सकिने छ । भण्डारणको समस्याको कारण कृषकहरूले आलुलगायत अन्य उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

थाहा नपाका प्रमुख लवशेर विष्टले शीतभण्डार आवश्यक रहेको बताए । थाहा नगरपालिका आसपासवाट बिउ आलु मात्र २० हजार बोरा काठमाडांैमा भण्डारण गरिँदै आएको छ ।

प्रकाशित : कार्तिक ११, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?