१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वसन्ती दरबार बनेन

नुवाकोट — नुवाकोट (कास)– ककनी गाउँपालिका ५ स्थित वसन्ती दरबार संरक्षण नहुँदा दिनानुदिन जीर्ण भई ढल्ने अवस्थामा पुगेको छ । दरबारको पूर्वी भागको गारो भूकम्प र वर्षात्ले लडिसकेको छ । छानाबाट पानी चुहिन थालेको छ । पश्चिम मोहडाको गारो पनि ढलेको छ ।

वसन्ती दरबार बनेन

तीनतले दरबार उत्तर र दक्षिण मोहडाका ठूला थामले मात्र खडा छ । दरबारमा स्थानीयवासीले दाउरा राख्ने ठाउँ बनाएका छन् । दरबारअगाडि धुपीका रूख र सानो मन्दिर छ । तल र माथि गरेर दरबारमा आधा दर्जन कोठा छन् । भर्‍याङ लडेको छ । झिँगटीले छाना छाएको छ । ती लड्ने अवस्थामा छन् । अधिकांश बुट्टेदार झयालका खापामा सीमित हुन थालेका छन् । दरबारको पछाडि रिंङ्गे पालीहरू छन् ।

ती पालीहरूमा छाएका झिँगटी सबै खसेर बुट्टेदार थाम र निदाल मात्र छन् । ती पनि घामपानीले कुहिन थालेका छन् । पालीमुनि घाँस उम्रेर झाडी बनेको छ । पुराना ऐतिहासिक धरोहर जोगाउनुपर्ने स्थानीयको माग छ । वरिपरि बन्दै गएको ठूला होटलहरूले दरबारको सुन्दरतालाई छेकेको छ । समुद्री सतहदेखि १५ सय मिटर उचाइमा पर्ने यो दरबार काठमाडौंबाट २९ किमि दूरीमा पर्छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?