१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

लागु औषधसहित २ जना पक्राउ

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गस्थित धादिङको गजुरी बजारबाट लागु औषधसहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लागु औषधसहित २ जना पक्राउ

प्रतिवन्धित लागु औषध लुकाई छिपाई ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले गजुरीबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।


प्रहरी निरीक्षक नवराज ढुंगेलको नेतृत्वमा खटिएको टोलीले धादिङको गजुरी–१ गजुरी बजारबाट सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ का ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका २ का ३३ वर्षीय रमेश गुरुङलाई लेवल उप्काएको अवस्थाको एक सय एमएल को कोरेक्स थान १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसहित पक्राउ गरेको छ ।


उनीहरुको थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?