एउटै पासोमा दुई प्रेमी

सिन्धुपाल्चोक — दुई प्रेमी मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा एउटै पासोमा भुन्डिएर आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ वर्षीया फूलमाया तामाङ कटुसको रूखमा एउटै डोरीमा झुन्डिएको अवस्थामा आइतबार फेला परेका हुन् ।

एउटै पासोमा दुई प्रेमी

७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभन्ज्याङमा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुई जोडी युवायुवती एकै पटक हराएका थिए । हराएका युवतीमध्ये फूलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

अर्की १५ वर्षीया युवती र वर्षीय युवक २५ वर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफैं घर फर्केका थिए । सँगै गएका ठकुरी र फूलमाया नर्फेपछि घर आएको अमृतको जोडीमाथि छानबिनको माग गर्दै अभिभावकले मेलम्ची प्रहरीमा बुझाएका थिए ।

पक्राउ परेको जोडीले भने आफूबीच प्रेम बसेको बताएका छन् । मृतक जोडीको शव भने प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा राखिएको छ । मृतक ठकुरीका आफन्त जाजरकोटबाट आउनुपर्ने भएकाले पोस्टमार्टम हुन नसकेको प्रहरीले जानएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?