१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाढीमा बगेका दम्पत्तीमध्ये पतिको शव भेटियो 

टीकाप्रसाद भट्ट

रामेछाप — पैया खोलाको बाढीले बगाएका लिखु ५ नागदहका लिलाबहादुर तामाङको शव फेला परेको छ । सोमबार साँझ सँगै बगेकी उनकी पत्नी रणमाया तामाङ अझै बेपत्ता छिन् ।

बाढीमा बगेका दम्पत्तीमध्ये पतिको शव भेटियो 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिलाबहादुरको शव लिखु तामाकोसी गाउँपालिकाको छापगाउँ भन्ने स्थानमा मंगलबार अपराह्न फेला परेको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।


सोमबार गैरीमा रहेको गोठमा रहेका गाईवस्तुलाई घाँस हालेर नागदहतर्फ आउँदै गर्दा बीचमा पर्ने पैयाखोला तर्न लाग्दा बाढीले तामाङ दम्पतीलाई बगाएको थियो । पैयाखोलाको बाढी स्थानीय गैरीखोलामा मिसिन्छ ।


राति अबेरसम्म घरमा नफर्केपछि उनीहरुको खोजी थालिएको थियो । प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बेपत्ता रणमायाको खोजी जारी छ । खोजी कार्यमा स्थानीय बासिन्दा, आफन्तजन र प्रहरी जुटेका छन् ।

प्रकाशित : भाद्र १२, २०७५ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?