३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सालकको खपटासहित एकजना पक्राउ

दोलखा — विश्वमै लोपोन्मुख सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमेश्वर नगरपालिका– ६ का ५३ वर्षीय होमबहादुर थापालाई सालकको खपटा बेच्न लाग्दा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए ।

सालकको खपटासहित एकजना पक्राउ

उनका अनुसार भीमश्वर नगरपालिका– ७ स्थित मकैबारी भुलभुलेमा खपटासहित थापा पक्राउ परेका हुन् ।


सदरमुकाम चरिकोटमा पर्ने खोर्थलीको वनमा सालकको अधिक बसोवास छ ।


उक्त वन नजिकै घरछेउमा देखिएपछि तीन वर्षअघि मारेर छाला र खपटा राखिएको होमबहादुरले प्रहरीलाई बयान दिएका छन् ।


उनलाई वन्यजन्तु अखेटोपहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?