१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कमलाले बगाएर एकको मृत्यु, एकको जिवितै उद्दार

राजकुमार कार्की

सिन्धुली — कमलानदी नदी तर्ने क्रममा बगाएर एकको मृत्यु भएको छ । शुक्रबार कमलानदी पारी निपानेको जंगलमा गोठाला गएका दूधौली नगरपालिका-२ टोटराका ६५ वर्षीय मलेसी दनुवारको फर्कने क्रममा बगाएर मृत्यु भएको प्रहरीले जनाएको  छ । मृतकको शव शनिबार फेला परेको हो वडा नं १ को विचित्रमा नदी किनारमा फेला परेको थियो । 

कमलाले बगाएर एकको मृत्यु, एकको जिवितै उद्दार

गोठाला जाँदा बाढी नआएकाले सहजै कमला नदी पार गरेर गएका मृतक दनुवार फर्कँदा बाढीमा हेलिएकाले बगेको स्थानीय रेखनाथ दाहालले जानकारी दिए । यस अघि कमलानदी तर्ने क्रममा बगेर थप एकजनाको मृत्यु भइसकेको छ ।


त्यस्तै कमलानदी पार गर्ने क्रममा बगेका तीनपाटन गाउँपालिका-१ का ५२ वर्षीय धनबहादुर आलेको स्थानीयले जिवितै उद्दार गरेका छन् । कमलामाई नगरपालिका-१० डाडाटोल नजिकैबाट कमलानदी पार गर्न लाग्दा उनी बगेका थिए ।


स्थानीयले देखेपछि होहल्ला गरि पौडिएर जिवितै उद्धार गर्न सफल भएको रेडक्रस भीमान उपशाखाका यादव सुवेदीले जानकारी दिए । उनलाई करिव पाँचसय मिटर बगाएको थियो । कमलानदीमा पुल नहुँदा वर्षेनी बगेर स्थानीयको मृत्यु हुने गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?