२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भक्तपुरबाटै भूकम्प पीडितलाई काठ वितरण

भक्तपुर — भूकम्प पीडितले भक्तपुरबाटै सहुलियतमा काठ पाउने भएका छन् । टिम्बर कर्पोरेशन अफ नेपाल प्रालिको समन्वयमा भूकम्प पीडितका लागि काठ बिक्रीवितरण तथा व्यवस्थापन समिति भक्तपुरले बुधबारबाट भूकम्प पीडितलाई सहुलियतमा काठ वितरण सुरू गरेको हो ।

भक्तपुरबाटै भूकम्प पीडितलाई काठ वितरण

बालकुमारीबाट वितरण हुँदै आएको काठ पीडितको सहजताको लागि सूर्यविनायक–८ जगातीस्थित इँटा टायल उद्योग प्रालिको प्राङ्गणबाट वितरण थालिएको डिभिजन वन अधिकृत फनिन्द्र पोखरेलले बताए ।


सहुलियतमा काठ लिन इच्छुक १ हजार ८ सय २६ भूकम्प पीडितले निवेदन पेश गरेका मध्ये ५ सय ३६ ले काठ प्राप्त गरिसकेको उनले बताए । यसअघि प्रति भूकम्प पीडित ५० क्यूफिट वितरण गर्दै आएको काठ माग बढ्दै जाँदा २५ क्यूफिट बिक्रीवितरण गरेको जनाएको छ । हालसम्म २६ हजार क्यूफिट काठ बिक्रीवितरण गरिसकेको समितिले जनाएको छ । बजारमूल्यमा प्रति क्यूफिट ५ हजार ८ सय रुपैयाँ पर्ने काठ सहुलियतमा २ हजार ७ सय रुपैयाँमा बिक्री गर्दै आएको पोखरेलले बताए ।


सहुलियतको काठ लिन पीडितले लालपुर्जाको फोटोकपी, तिरो तिरेको रसिदको फोटोकपी, पुनर्निर्माणका लागि नगरपालिकाले स्वीकृति दिएको नक्सा/निर्माण इजाजत, नागरिकताको फोटोकपी, भूकम्प पीडितको रातो कार्ड सहित निवेदन पेश गर्नुपर्ने र निवेदनको आधारमा काठ उपलब्ध गराउन टिम्बर कर्पोरेशन अफ नेपाल प्रालिको अस्थायी डिपो जगातीमा राखेको समितिले जनाएको छ ।


प्रकाशित : भाद्र ६, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?