कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते [अपडेट]

रासस

नुवाकोट — विदुर नगरपालिका–९ लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । 

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते [अपडेट]

म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकप्टरमा काठमाडौं लगिएकी तामाङको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा ५८ जना घाइते भएकामा आठ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिंह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मङ्गलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । उनीहरुको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ । मिनीट्रकलाई बाटो दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो ।

प्रकाशित : श्रावण ३०, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?