कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारमा ढुङगा हान्ने दुई बन्दकर्ता पक्राउ 

हरिहरसिंह राठौर

धादिङ — काठमाडौंबाट  धादिङ सदरमुकाम आइरहेको निजी कारलाई जंगलबाट ढुङगा हान्ने दुई जना बन्दकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

कारमा ढुङगा हान्ने दुई बन्दकर्ता पक्राउ 

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–५ बस्ने १५ वर्षीय रोशन श्रेष्ठ र चितवन घर भएका २२ वर्षीय ईश्वर पाण्डे रहेका छन् ।


पाण्डे नेपाल बन्द आयोजक विप्लव समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष पनि हुन् ।काठमाडौंबाट धादिङवेसीतर्फ आउँदै गरेको नीलकण्ठ आयल स्टोर्सका मालिक टंक श्रेष्ठको बा ६ च ४९९५ नम्बरको निजी कारमा मंगलबार दिउसो ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।


उक्त कारलाई मलेखुदेखि सदरमुकाम आउने कालुपाण्डे मार्गको मुक्तिनाथ मन्दिर जंगलबाट ढुंगा प्रहार गरिएको थियो ।


ढुङगा प्रहारबाट कारको सीसा फुटेको छ भने कारमा सवार श्रेष्ठकी श्रीमती पार्वती श्रेष्ठ घाईते भएकी छन् ।


नेत्र विक्रम चन्द (विप्लव) समूहले आह्वान गरेको बन्दका प्रभाव धादिङमा सामान्य परेको छ । छिटफुट रुपमा बजार र सवारी साधन बन्द रहेपनि शैक्षिक संस्था भने सूचारु भएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?