३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

धम्कीपछि दोलखाका विद्यालय बन्द

कान्तिपुर संवाददाता

दोलखा — टेलिफोनबाट धम्की आएपछि दोलखाका विद्यालयहरु बन्द भएका छन् । धम्की दिएको र बन्द गराउन दबाव दिदै हिडेको आरोपमा विप्लव समूहका कार्यकर्ता श्याम पाख्रिन पक्राउ परेका छन् ।

धम्कीपछि दोलखाका विद्यालय बन्द

सदरमुकाम चरिकोटस्थित विद्यालयहरुलाई मंगलबार बन्द गराउन फोनबाट दबाव आएको एक शिक्षकले बताएका छन् । विद्यालय जान ठिक्क परेका बालवालिकाहरुलाई विद्यालयबाट जानकारी आएपछि रोकिएका थिए ।


सोमबार साँझ पक्राउ परेका पाख्रिन गैरकानुनी गतिविधि गर्दै गर्दा पक्राउ परेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । उनले आफु रेड युथ कार्यकर्ता भएको तर बन्द कार्यक्रममा संलग्न नभएको बताएका छन् ।

प्रकाशित : श्रावण २९, २०७५ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?